Featured Slider Top News राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने

काठमाडौं ,२७ जेठ।आज गण्डकी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे बस्नेनेछ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको छ ।

६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री गुरुङका लागि विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ । अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *