Featured Slider अर्थ

स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण, कति छ हेर्नुस

काठमाडौं,२७ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँलेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउनुभएको हो ।

सार्वजनिक विवरणानुसार उनकी श्रीमती उषाकला राईको नाममा काठमाडौंको जोरपाटीमा ३ आनामा बनेको अढाई तले घर रहेको छ भने पूर्वका विभिन्न जिल्लामा ११ स्थानमा जग्गा जमिन रहेको छ । यस्तै तामाङको नाममा भने काठामाडौंमा ६ आना २ पैसा १ दाम जग्गा रहेको छ । यस्तै तामाङले आफ्नो सम्पत्ति विवरणमा २२ तोला सुन रहेकोउल्लेख गर्नुभएको छ ।

त्यस्तै गरि विभिन्न बैंक तथा वित्तीय संस्थामा केही नगद मौज्दात र सेयर रहेको छ भने ऋण पनि विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरणानुसार राईको नाममा एउटा कार र तामाङको नाममा एउटा मोटरसाइकललगायत २ थान ल्यापटप र ३ थान मोबाइल पनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *