काठमाडौं २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको छ । आठ वटा मन्त्रालय आफूसँगै राख्दै आँउनुभएको प्रधानमन्त्रीले सोहि मन्त्रालय पदपूर्ति गर्नका लागि बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हरु प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आउनुभएको छ।
स्रोतका अनुसार मन्त्रीमण्डल बिस्तारपछि नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितल निवासमा शपथ खुवाउने पनि तयारी रहेको छ ।
नयाँ थपिएका मन्त्रीहरु:
१. नारदमुनी राना, वनमन्त्री
२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. खगराज अधिकारी, गृहमन्त्री
४. नैनकला थापा, सन्चारमन्त्री
५. ज्वालाकुमारी साह, कृषिमन्त्री
६. . राजकिशोर यादव, उद्योगमन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८. आशा विक, वनराज्यमन्त्री