Featured Slider अर्थ

झिनाे अंकले घट्यो सेयर बजार

काठमाडौं,२७ जेठ ।साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार झिनाे अंकले घटेकाे छ । हिजाे बुधबार पनि नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे थियाे । घटेकाे बजारमा हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण बढेकाे छ । सर्किट लेभलमा काराेबार हुने कम्पनीहरूमा अधिकांश हाइड्रोपावरहरू नै रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ मा पुगेकाे छ । नेप्से ०.०६ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको छ । 

कूल २२० वटा कम्पनीकाे ३ कराेड ६ लाख ६ हजार ६ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार पाँचथर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८५ रूपैयाँ पुगेकाे छ । अन्य ११ वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, बरूण हाइड्राेपावर, सिइडिबी हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर, रिडी हाइड्राेपावर लगायतकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *