Featured Slider अन्य पालिका खबर

दाङमा गोली चल्यो, एक पक्राउ

काठमाडौं, २८ जेठ । दाङमा गोली चलेको छ। आज दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा गोली चलेको हो।

गोली चलाएको आरोपमा पूर्ण वली पक्राउ परेका छन्।

सामान्य बिबादमा तर्साउन गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एपसी गणेश लामाले बताएका छन।

‘सामान्य बिबादमा तर्साउन गोली चलाएको देखिन्छ। एक जना नियन्त्रणमा छ,’ उनले भने, ‘थप बुझ्दैछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *