अन्य

तपाईंको आजको राशिफल ( २०७८/०२/२९ शनिवार )

२०७८ जेठ २९ गते, शनिवार, १२ जुन २०२१। ज्येष्ठ शुक्लपक्ष द्वितीया तिथि (१८ः३६ बजेदेखि तृतीया)। आर्द्रा नक्षत्र (१६ः०० बजेदेखि पुनर्वशु। चन्द्रराशि– मिथुन।

ज्योतिष: गोपाल अधिकारी (अनलाइनमा सम्पर्क भाइवर,इमो,हट्सयापः९८१८७७०७७९)

१. मेष राशि :
पढाइमा तथा प्रेममा सफलता मिल्ने छ । रचनात्मक तथा कलाकारितामा मन जाने छ । व्यवसायले उत्साह जगाउनेछ ।

२. बृष राशि : मन अशान्त रहनेछ। खर्चमा बृद्धि हुने छ । कार्यमा अवरोध आउन सक्छ ।

३. मिथुन राशि : व्यापार व्यवसायमा लाभ प्राप्त होला। आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ ।

४. कर्कट राशि :
मन अशान्त तथा निराश रहन सक्छ। अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वस्थ्यको विशेष ध्यान दिनुहोला ।

५. सिंह राशि :
धन लाभ हुन सक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। सुखद यात्रा पनि हुनसक्छ ।

६. कन्या राशि :
हरेक यात्राहरू पूर्ण सफल रहनेछ। चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक स्थलहरूको भ्रमण गर्नु हुने छ ।

७. तुला राशि :
तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

८. वृश्चिक राशि : शुभचिन्तकहरू टाढिन सक्छन्। चिन्तन–मनन तथा रचनात्मक काममा रुचि बढ्नेछ । चुनौती देखिए पनि सामना गर्न सकिने छ।

९. धनु राशि :
नयाँ – नयाँ अवसरहरु मिल्ने छ । धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ ।

१०. मकर राशि :
मन शान्त रहनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। प्रेम प्रस्तब आउन सक्ने छ ।

११. कुम्भ राशि :
बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला।

१२. मिन राशि :
मनोरन्जन गर्ने कार्यमा सभागी हुने अवसर मिल्ने छ। पराक्रममा वृद्धि होला । समय उत्तम सिद्ध हुनेछ।

Leave a Reply

Your email address will not be published.