Featured Slider खेलकुद

नेपाल अष्ट्रेलियाद्वारा ३-० गोलअन्तरले पराजित

काठमाडौँ,२९ जेठ । नेपालले अस्ट्रेलियाविरुद्धको खेलसँगै एसियाली विश्वकप छनोट समूह ‘बी’ को यात्रामा पूर्णविराम लगाएको छ । नेपाल उक्त खेलमा अस्ट्रेलियासँग ३-० ले पराजित भयो । खेलपछि नेपाली टिमको प्रदर्शनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खुसी व्यक्त गरेका छन् ।

भर्चुअल पोस्ट म्याच कन्फ्रेन्समा उनले अस्ट्रेलिया जस्तो बलियो टिमविरुद्ध पनि आफ्ना खेलाडीले निकै मिहिनेत गरेर खेलेको बताए र भने, ‘नेपाली खेलाडीलाई मेरो धन्यवाद छ । उनीहरू मेरो नायक हुन् । आजका खेल निकै कठिन रह्यो ।’

कुवेतमा भएको खेलपछि उनले थपे, ‘पहिलो हाफको सुरुमै गोल खायौं र दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेर खेल्यौं । तर पनि हाम्रा खेलाडीले आफ्नो मिहिनेत कम गरेनन् । त्यसैले म निकै खुसी छु ।’

प्रशिक्षक अल्मुताइरीले आउने दिनमा नेपालको प्रदर्शन अझ राम्रो हुने दाबी पनि गरे । समूह ‘बी’ को शनिबार भएको अर्को खेलमा कुवेत र जोर्डनले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published.