Featured Slider Top News राजनीति

गण्डकीका मुख्यमन्त्रीको घोषणा : महिलाजन्य रोगको नि: शुल्क उपचार

काठमाडौं,३० जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाजन्य रोगहरुको नि:शुल्क उपचारको व्यवस्था गर्ने निर्णय गर्नुभएको छ।

शनिबार साँझ मुख्यमन्त्री पदको सपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले महिलामा हुने पाठेघरको क्यान्सर, स्तन क्यान्सरलगायतका रोगहरुको निशुल्क उपचार गर्ने निर्णय गर्नुभएको हो। साथै उहाँले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार गर्ने निर्णय पनि गर्नुभएको छ।

मनसुन शुरु भएसँगै विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published.