Featured Slider Top News अर्थ

सातै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौं,१ जेठ । संविधान अनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ को अनुमानित आय विवरण (बजेट) सार्वजनिक गर्दैछन् । सातै प्रदेशका अर्थमन्त्रीहरूले आ आफ्नो प्रदेश सभा बैठकमा बजेट पेश गर्ने छन् ।

कानुनी व्यवस्थाअनुसार प्रत्येक बर्षको असार १ गते आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुपर्ने छ । यसअघि ५ वटा प्रदेशले आफ्नो नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

तर कर्णाली र गण्डकी प्रदेशमा भने नीति तथा कार्यक्रम नै पारित भएको छैन । कर्णालीका चार सांसदको पद खारेज भएपछी नीति तथा कार्यक्रम ल्याउन समस्या भइरहेको छ।

गण्डकीमा मंगलबार बिहान १० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । उक्त बैठकबाट नीति तथा कार्यक्रम पारित गरि केही समय बैठक स्थगित गरेर आजै अर्को बैठकमार्फत बजेट पारित गर्ने तयारी छ । त्यस्तै कर्णालीमा पनि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बसी नीति तथा कार्यक्रम पारित गरेपछि बजेट सार्वजनिक गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published.