Featured Slider Top News

मेलम्चीमा भिषण बाढी पहिरो, व्यापक जनधनको क्षति


काठमाडौँ, ०२ असार। पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा व्यापक जनधनको क्षति पुर्‍याएको छ । मंगलबार साँझदेखि मेलम्चीमा आएको बाढी पहिरोले हेलम्बु गाउँपालिकाको अम्बाथान हुँदै मेलम्चीबजारदेखि तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्‍याएको प्रहरीले अनुमान गरेको छ ।

‘अहिले अवरिल वर्ष भइरहेको छ । नदी सतह अझै बढीरहेको छ ’ जिल्ला प्रहरी कर्यालय सूचना अधिकारी डिएसी प्रकाश सपकोटाले भन्नुभयो, ‘ठूलो जनधनको क्षति पुर्याएको सूचना प्राप्त भएको छ ।’ उहाँका अनुसार हेलम्बूको तल्लो तीम्बु बजार बगाएको छ । त्यस भन्दा तलतिरका केही घरहरुसमेत बगाएको अनुमान छ । ‘मेलम्चीघ्याङका पुलहरुसमेत बाढीले बगाएको छ । खोला आसपासमा रहेका माछा लगायत केही कृषि फार्म पनि बगेका छन् । ‘केही मानवीय हताहती समेत भएको अनुमान गरिएको छ’,उहाँले भन्नुभयो।

हेलम्बू गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बू क्षेत्रमा बाढीले धेरै क्षति पुर्याएको बताउनुभयो । ‘रातिको समय भएकोले क्षतिबारे केही बताउन नसके पनि ठूलो जनधनको क्षति पुर्याउको सहजै अनुमान गर्न सकिन्छ’,उहाँले भन्नुभयो। उहाँका अनुसार अहिले त्यस क्षेत्रमा ज्यान जोगाउन स्थानीय भाग–दौड मच्चिरहेको छ ।

डिएसी सपकोटाले इलाका प्रहरी कर्यालय हेलम्बू, प्रहरी चौकी तालामारङको भवनमा डुवानमा परेको बताउनुभयो । प्रहरी आफै पनि असुरक्षित रहेको उहाँले बताउनुभयो। स्थानीयका अनुसार हेलम्बू कै चनौटे बजार डुबानमा छ ।

Leave a Reply

Your email address will not be published.