राजनीति

लोकसेवाका सबै परीक्षा स्थगित

काठमाडौं । लोकसेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ । सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगले जनाएको छ । यसअघि आयोगले कोरोना संक्रमण भएका उम्मेदवारलाई लिखित परीक्षा सहभागी हुन नपाउने गरी निर्देशिका जारी गरेको थियो । 

उक्त निर्देशिका उजुरी परेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै संक्रमितलाई पनि परीक्षामा सहभागी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *