Featured Slider अन्य

मेलम्चीमा फेरि बाढी : बेपत्ता २० जना अझै भेटिएनन्

सिन्धुपाल्चोक, ५ असार । सिन्धुपाल्चोकको मेलम्चीमा हिजो (शुक्रबार) बेलुकी फेरि बाढी आएको छ । राति काठ, दाउरा, ठूला ढुङ्गा र लेदोसहित बाढी आएको हो ।

राति बाढी बस्तीमा पनि पसेको थियो । मङ्गलवार जस्तो ठूलो बाढी नआए पनि बाढीले बगाएर ल्याएका ढुङ्गा, काठ र लेदो थप जम्मा भएको स्थानीय बासिन्दाले बताएका छन् । अहिले भने बाढी घटेको र वर्षा पनि रोकिएको मेलम्चीका स्थानीय बासिन्दा सीताराम दुलालले जानकारी दिएका छन् ।

यसअघिको बाढीपछि बेपत्ता २० जना अझै भेटिएनन्, खोजी गर्दै सुरक्षाकर्मी :

यही असार १ गते सिन्धुपाल्चोकका मेलम्ची नदीमा आएको बाढीपछि बेपत्ता २० जना अझै फेला परेका छैनन् । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार उनीहरूको खोजी, पीडितहरूको उद्धारमा ४६१ सुरक्षाकर्मी खटिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार यी हुन्, बेपत्ता २० जना
१. सिन्धुपाल्चोक, जुगल गाउँपालिकाकी २० वर्षीया गीता थापा
२. माथिकै ठेगानाका १ वर्षीय सुदीप थापा
३. सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ का ९० वर्षीय तस्बिर तामाङ
४. हेलम्बु गाउँपालिका–२, पाल्चोक शेराकी ६६ वर्षीया टीकामाया खड्का
५. हेलम्बु गाउँपालिका–२, किउलका ३१ वर्षीय माधव भण्डारी
६. हेलम्बु गाउँपालिका–२, चुरेटारका ४२ वर्षीय गणेश ज्योति
७. हेलम्बु गाउँपालिका–२, चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति
८. चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल
९. हेलम्बु–६, किउलपारिका ५० वर्षीय च्याङा तामाङ
१०. सोही स्थानकी ४२ वर्षीया काली तामाङ
११. हेलम्बु–३, चनौटेकी ५० वर्षीया साइली तामाङ

१२. हेलम्बु गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय सुनील तामाङ
१३. त्यही ठाउँका ३५ वर्षीय पूर्ण तामाङ
१४. हेलम्बु–१ का ५० वर्षीय कामी तामाङ
१५. माथिकै ठेगानाकी ८० वर्षीया नोर्की तामाङ
१६. वर्ष खुल्न नसेकका तनहुँ, आँबुखैरहनी–१ का रेशमलाल सार्की
१७. तेह्रथुम, खामलालुङ–९ का होमराज घिमिरे
१८. भारतीय नागरिक कमललोचन महतो
१९. भारतीय नागरिक जिनडाऔ वासुमन्तरी
२०. चिनियाँ नागरिक सन यु चुवान

Leave a Reply

Your email address will not be published. Required fields are marked *