Featured Slider स्वास्थ्य

कोरोना अपडेट: २४४२ जनामा संक्रमण, ३४५६ जना डिस्चार्ज

काठमाडौँ, ६ असार । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ जनाको आरटी पीसीआर परीक्षण गर्दा १ हजार ४२१ जना र ४ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जना संक्रमितहरुले स्वास्थ्यलाभ गरेका छन्, भने ५१ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *