Featured Slider स्वास्थ्य

सम्पूर्ण पत्रकारलाई खोप उपलब्ध गराउन सर्वोच्चको आदेश

काठमाडौं ,६ असार । सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउने ब्यवस्था मिलाउन अन्तरिम आदेश दिएको छ ।

पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन सरकारका नाममा आदेश जारी गर्न माग गर्दै पेश गरेको रिट निवेदनमा सर्बोच्च अदालतका न्यायाधिश डा. कुमार चुडालको इजलासले आइतबार उक्त आदेश गरेको हो ।

सरकार स्वयंले प्राथमिकतामा राखेको र नेपालको संविधानले प्रधान गरेका हकहरुको कार्यान्वयनमा आम नागरिकलाई सघाउन सक्रिय मुलुकभरका करिव १२ हजार पत्रकारहरुलाई प्राथमिकता दिएर खोप लगाउने ब्यवस्था मिलाउन विपक्षीहरुका नाममा नाउँमा उत्प्रेषण, परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउन रिट निवेदनमा माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *