राजनीति स्वास्थ्य

कोरोना संक्रमित सक्रिय संख्या ४० हजार

काठमाडौं । सोमबार थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

त्यस्तै यस अवधिमा २ हजार ३३५ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ । थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *