Featured Slider स्वास्थ्य

७५ वर्षमाथिकालाई दोश्रो डोजको खोप लगाउँदै ललितपुर महानगर

ललितपुर,८ असार । ललितपुर महागरपालिकामा कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो ।

यसअघि पहिलो डोज लगाएका ७५ वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउनेछन् ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । अर्यालका अनुसार महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको छ । यसमध्ये ललितपुरमा ७७ वर्षमाथिका २२२० जनाले कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेको छ । बाँकी खोप जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरुलाई दिइनेछ ।

Leave a Reply

Your email address will not be published.