एजेन्सी । विश्व कोरोना भाइरस संक्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपी विश्वका केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम कोरोना भाइरस संक्रमितको संख्या चार करोड नाघेको जनाएको छ ।
उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९९ लाख ६७ हजार ७३६ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरी ११ लाख १३ हजार ३५२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।
यसैबीच विश्वभरी रहेका कुल संक्रमितमध्ये करिब ३ करोड व्यक्ति कोरोना भाइरसमुक्त भएका बताइएको छ ।