Featured Slider Top News

१५ घण्टा भन्दा बढी समय नलिन अधिवक्तालाई प्रधानन्यायाधिशको निर्देशन

काठमाडौं,९ असार । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको संवैधानिक इजलासमा समय व्यवस्थापन गर्न बहसमा भाग लिने अधिवक्ताहरूलाई १५ घण्टा भन्दा बढी समय नलिन निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै बुधवार इजलासको शुरूमै प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘समय व्यवस्थापन आफैं गर्नुहोस्, १५ घण्टाभन्दा बढी हुनुभएन ।’

बहस शुरू भएसँगै निवेदकतर्फका कानून व्यवसायी खुम्बबहादुर खाती विषयवस्तु प्रस्ट गर्दै निवेदनबारे बोलिरहनुभएको छ । संवैधानिक इजलासमा बुधवार अन्तिम सुनुवाइ शुरू भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश मागिएको रिटमाथि बुधवार सुनुवाइ भइरहेको छ ।

जेठ ७ गते प्रतिनिधिसभा विघटन भएपछि विघटित प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षरसहित देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published.