१४ साउन, काठमाडौँ । (हाम्रो पात्रो ) आज (बिहिवार) को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )अधिकार प्राप्तिका पुरा पढ्नुहोस्…

१३ साउन,काठमाडौँ । टोकियो ओलम्पिकको पुरुष फुटबलबाट अर्जेन्टिना बाहिरिएको छ । बुधबार सम्पन्न समुह चरणको खेलमा स्पेनसँग १(१ गोलको बराबरी खेलेको अर्जेन्टिना समुह सी मा ४ अंकसहित तेस्रो हुदै ओलम्पिकबाट समुह चरणबाट बाहिरिएको हो । अर्जेन्टिना इजिप्टसँग गोल अन्तरको आधारमा पछि पर्दै क्वाटरफाइनलमा पुग्न सकेन । समुह सी बाट स्पेन ३ खेलमा ५ अंकसहित पहिलो पुरा पढ्नुहोस्…

१३ साउन, काठमाडौँ । गुल्मीमा जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा चन्द्रकोट गाउँपालिका–४ का वर्ष ४३ का तेजबहादुर खत्री, सोही गाउँपालिका–५ का वर्ष ३६ का रेशम कार्की र रेसुङ्गा नगरपालिका–२ बाख्रेछेंडा बस्ने वर्ष ६२ की सुनिता विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । पुरा पढ्नुहोस्…

१३ साउन,काठमाडौँ । टोकियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरिका सिंह पहिलो चरणबाटै बाहिरिएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी खेलाडी रहेकी उनले १०० मिटर फ्रिस्टाइल (लङ कोर्ष) मा सहभागिता जनाएकी थिइन्। टोकियो एक्वेटिक एरिनामा बुधबार महिला १०० मिटर फ्रि(स्टाइलमा १ मिनेट शून्य दशमलव ११ सेकेन्डको समय निकाल्दै गौरिका ४ खेलाडी रहेको हिट वानको तेस्रो पुरा पढ्नुहोस्…

१३ साउन, काठमाडौं । पछिल्लो चौबीस घण्टामा ३३ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पुरा पढ्नुहोस्…

१३ साउन,काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेर आफूहरु सरकारमा सहभागी नहुने सन्देश पठाएका हुन् ।बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तापक्षीय बैठकमा नेता नेपालले आफूहरु सरकारमा सहभागी नहुने सन्देश पठाएका हुन् । बुधबार बालुवाटारमा कांग्रेससहित पुरा पढ्नुहोस्…

१३ साउन, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार अघिल्लो कारोबार दिनको तुलनामा बजार १५ दशमलव ३० अंकले वृद्धि भएको छ । सेयर बजार परिसूचक (नेप्से) बुधबार थप १५।३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यो दिन नारायणी पुरा पढ्नुहोस्…

१३ साउन, काठमाडौँ । संरक्षित वन्यजन्तु कछुवा बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । वन्यजन्तु तथा पुरा पढ्नुहोस्…

राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या गरेको बताउँदै उचित छानबिन गरी दोषी पत्ता लगाई कारबाही गररे पीडितलाई न्याय दिन माग गर्नुभयो पुरा पढ्नुहोस्…

१३ साउन (रासस÷एएनआइ) । मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ गत जुलाई १६ बाट शुरु भएको यस व्यापक वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । व्यापक वर्षापछिको बाढीको कारण १४ पुरा पढ्नुहोस्…