अर्थ

किन भइरहेको छ सुनचाँदीको मूल्य घट-बढ ?

काठमाडौं । शक्ति राष्ट्रले ‘कोभिड–१९’ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि यसको प्रभाव सुनचाँदी व्यवसायमा देखिएको छ । केही दिनदेखि सुनचाँदीको भाउमा उकालो–ओरालो लागेको छ। सुनचाँदीको भाउमा उतारचढाव आउनु सामान्य प्रक्रिया रहेको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताए । उनका अनुसार यतिखेर शक्तिशाली मुलुकहरूले कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि त्यसको Read More…

राजनीति

प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा बुढाथोकी

काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त भएका छन्। शुक्रबार बसेको काउन्सिल बोर्डको बैठकले ज्येष्ठ सदस्यको हैसियतमा उनलाई कार्यबाहक अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि किशोर श्रेष्ठ कार्यबाहक अध्यक्षको जिम्मेवारीमा थिए। उनको कार्यकाल समाप्त हुनुअघि शुक्रबार पदबाट राजीनामा दिएपछि कार्यबाहक अध्यक्षमा बुढाथोकी नियुक्त भएका हुन्। श्रेष्ठको कार्यकाल १३ गतेसम्म कायम थियो। Read More…

स्थानिय खबर

उदयपुरको बेलका नगरपालिका-८ मा भ्यागुते रोगबाट ६० पशु चौपाया मरे

गाईघाट । उदयपुरको बेलका नगरपालिका–८, कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन्। सिसौलियामा ६० सो रोगबाट भैँसी, राँगा, पाडापाडीसहित गाई र बाच्छा मरेको बेलका–८, सिसौलियाका स्थानीय राजबहादुर भुजेलले बताए। अहिले प्रदेश पशुपन्छी विकास मन्त्रालय र बेलका नगरपालिकाको पशु शाखाको सहयोगमा रोग विस्तारै नियन्त्रण हुँदै गएको अर्का स्थानीय Read More…

अर्थ

खाद्यान्नमा आत्मनिर्भर रुकुमपश्चिममा यसवर्ष आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन

रुकुमपश्चिम । रुकुमपश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ। कृषि विकास कार्यालयका अनुसार खाद्यान्नमा आत्मनिर्भर यस जिल्लामा वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ७० हजार ९२ जिल्लावासीलाई ३४ हजार १८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेकामा ३५ हजार ७६० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो। जिल्लामा वर्षेनी खाद्यान्न Read More…

राजनीति

ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। पीसीआर परीक्षण गर्दा शुक्रबार उनमा कोरोना संक्रमण देखिएको हो।  स्वास्थ्यमा समस्यमा आएपछि उनले बिहीबार पीसीआर परीक्षण गराएका थिए। अहिले उनी सानेपास्थित घरमा ‘होम आइसोलेसन’मा बसेका छन्।

अर्थ

प्राधिकरणलाई ऊर्जामन्त्रीको ठाडो निर्देशन- विद्युत प्रणालीमा समस्या आए तत्काल सम्बोधन गर्नु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। मन्त्री पुनले बिहीबार प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन्। मन्त्री पुनले निमित्त कार्यकारी Read More…

अर्थ

कलिलैमा किसानले किवी टिपेपछि समस्या, सरोकारवालाको आपत्ति

कैलाली । कलिलै टिपेर किसानले किवीफल बजार पुर्याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ। किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पुर्याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन्। बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको हो। कृषि Read More…

अर्थ

अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित, देखिए यस्ता लक्षण

खोटाङ । जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्। ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको केही दिनमै बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन्। गत असारदेखि फैलिएको अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका Read More…

राजनीति

स्याङ्जामा पहिरो परी ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार, गाउँ शोकमा

स्याङ्जा ।  पहिरोमा पुरिएर ज्यान गुमाएका स्याङजाका नौ जनाको सामूहिक दाहसंस्कार भएको छ। स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार भएको हो। बिहीबार बिहान वालिङ–१४ तमादीकी माया नेपालीको घर पहिरोले पुरिँदा ९ जनाको मृत्यु भएको हो।  कालीगण्डकी नदीको घाटमा ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहासंस्कार गरिएको नेपाल Read More…

स्थानिय खबर

काठमाडौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल सुरु गरिने

काठमाडौं । बाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल सुरु गर्ने भएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार केन्द्र र स्थानीय सरकारहरुसँगको समेत सहकार्यमा आगामी तिहारअघिदेखि नै काम सुरु गर्ने गरी तयारी थालिएको छ। कूल एकसय आठ किलोमिटर लम्बाईको चक्रपथ निर्माणको काम ६ वटा खण्डमा गरिने जनाइएको छ। कामको बाँडफाँटअनुसार स्थानीय सरकारले Read More…