काठमाडौं । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ। दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो। घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश Read More…
Author: विकास खबर
झापामा बञ्चरो प्रहार गरी आफ्नै आमाको हत्या
दमक । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ। बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो। मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी Read More…
अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको छ। हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २: ३० मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौं लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत सुत्केरी हेलम्बु–१ Read More…
नारायणकाजीले बनाए कोभिड–१९ स्वयंसेवा टिम
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना संक्रमित समुदायलाई सहयोग गर्न ‘कोभिड–१९ स्वयं सेवा’ गठन गरेको छ। कोरोनाका कराण समस्यामा परेका नागरिकको सहयोगका लागि ‘कोभिड– १९ स्वयं सेवा’ गठन गरेको सचिवालयले जनाएको छ। श्रेष्ठका निजी सचिवालयले गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरूलाई यो महामारीको समयमा सहयोग पुर्याउने जनाएको छ। ‘कोरोना पुष्टि Read More…
सुनचाँदी व्यवसायीद्वारा प्रजिअलाई ज्ञापनपत्र
काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले समय सीमा तोकेर व्यवसाय खुलाउन माग गरेको छ। सोही माग राखी जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहाललाई ज्ञापनपत्र बुझाएको छ। आइतबार मञ्चका केन्द्रीय अध्यक्ष गणेशप्रसाद लकान्द्रीसहितको टोलीले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहाल व्यवसाय खुलाउन सकारात्मक देखिएको मञ्चका अध्यक्ष लकान्द्रीले जानकारी दिए। मञ्चले सुनचाँदी Read More…
जग्गाको कित्ताकाट फुकुवा गरेर मन्त्रालय माफियाको पन्जामा फस्यो : डिला संग्रौला
काठमाडौं । कांग्रेस नेतृ डा.डिला संग्रौलाले जग्गाको कित्ताकाट फुकुवाका कारण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय जग्गा दलालीको इसारा, चलखेल र द्रब्य मोहको पन्जामा फसेको बताएकी छिन्। करिव वर्षदिन अघि भू–उपयोग ऐन २०७६ र स्थानीय सरकार संचालन ऐन २०७४ लाई संघीउ संसदबाट पारित भई कृषियोग्य जमिन खण्डिकरण नहुने गरि कित्ताकाटको व्यवस्था मिलाउन दिएको निर्देशनलाई Read More…
बाढी-पहिरो प्रभावितलाई भारत सरकारले उपलब्ध गरायो आपतकालीन राहत
काठमाडौं । भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी.खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरेकी छिन् । टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ । बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको Read More…
पहिरो पीडितलाई सुरक्षित स्थानान्तरण गर्न देउवाको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका पहिरो पीडितलाई सुरक्षित स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। सिन्धुपाल्चोकमा पछिल्लो समय पटक पटक पहिरोले क्षति गरेको भन्दै देउवाले भूगर्भविदहरूले औंल्याएका जोखिमका बस्तीहरूलाई सुरक्षित स्थानान्तरण गर्द माग गरेका हुन्। ‘जोखिमका वस्तीका नागरिकलाई अविलम्ब सुरक्षित स्थानान्तरण गर्न प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गर्दछु,’ देउवाले आइतबार निकालेको Read More…
मध्यपहाडी लोकमार्गमा यात्रा गर्न सास्ती, कालोपत्रे गर्न तयार गरिएको सडक बर्खेझरीले बिग्रियो
पर्वत । पर्वत सदरमुकाम कुश्माबाट गण्डकी प्रदेश राजधानी पोखरासम्मको दूरी ६७ किलोमिटर छ। यसअघि ठाउँ–ठाउँमा सडक भत्किएका कारण कालोपत्र भए पनि ट्याक्सी हाँकेर पोखरा पुग्न बढीमा सवा घण्टा लाग्थ्यो तर अहिले सडक झनै बिग्रिएको छ। सवारी साधन चढेर कुश्माबाट पोखरासम्म पुग्न साढे दुई घण्टासम्म लाग्ने गरेको छ। सडकको अवस्था सन्तोषजनक हुँदा पोखराबाट कुश्मा आइपुग्न दुई Read More…
कोरोना भाइरसबाट विदेशमा २४३ नेपालीको मृत्यु
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले Read More…