काठमाडौं,२८ बैशाख। काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । अनुगमनमा काठमाडौँ पुरा पढ्नुहोस्…

काठमाडौं,२८ बैशाख। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनु भएको छ । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको आज यहाँ भर्चुअल माध्यमबाट विमोचन गर्दै उहाँले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले सरकार अहिले कोभिड नियन्त्रणमा पुरा पढ्नुहोस्…

धादिङ,बैशाख। नीलकण्ठ– ३, धादिङबेशी स्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी जारी निषेधाज्ञामा पनि सदस्य सेवामा प्रतिवद्ध रहेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संस्थाले हरेक दिन सेवा प्रवाह गरिरहेको छ । सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी निरन्तर सदस्य सेवामा संस्था प्रतिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी दिनुभयो । बचत फिर्ता, पुरा पढ्नुहोस्…

काठमाडौं,२८ बैशाख।आज सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ मा पुगेकाे छ । नेप्से १.०४ प्रतिशतले बढेकाे हो । बढेको बजारमा आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड रहेको छ । कम्पनीकाे ७६ कराेड ६५ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार पुरा पढ्नुहोस्…

काठमाडौं ,२८ बैशाख। काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर पुरा पढ्नुहोस्…

काठमाडौँ, २८ वैशाख। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ पुरा पढ्नुहोस्…

एजेन्सी । बर्नलीसँग पराजित भएपछि फुलह्याम प्रिमियर लिगबाट यस सिजन रेलिगेसनमा पर्ने तेस्रो तथा अन्तिम टोली बनेको छ । वेष्टव्रुम र शेफिल्ड युनाइटेड यसअघि नै रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ । जितपछि बर्नलीले भने कम्तिमा अर्को सिजनसम्म प्रिमियर लिगमै रहन निश्चित गरेको छ । प्रिमियर लिगको आधुनिक युग सुरु भएपछि पहिलोपल्ट सिजनको तीन खेल अगावै पुरा पढ्नुहोस्…

वनेपा,२८ बैशाख। कोरोना कहरकै बीचमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारको सहयोगका लागि कोरोना भाइरसको प्रभावले पर्ने कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले रु पाँच लाखको ‘आपतकालीन राहत कोष’ स्थापना गरेको छ । पत्रकार महासङ्घका अध्यक्ष तिमल्सिनाले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा खाता खोलेर आफ्नो तर्फबाट सोमबार पुरा पढ्नुहोस्…

कर्णाली, २८ बैशाख ।कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिकतर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छ/छ । ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ पुरा पढ्नुहोस्…

काठमान्डाैं / राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ। उक्त धारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ। प्रधानमन्त्री बन्न चाहनेले प्रतिनिधिसभामा बहालवाला सदस्यको बहुमत पु¥याउनुपर्छ। प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये एमालेतिर गएका ४ जनालाई माओवादीले पुरा पढ्नुहोस्…