काठमाडौं,१३ बैशाख । त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । यसअघि आइतबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । तर त्रिविले नयाँ परीक्षा संचालन नगरेपनि चलिरहेको परीक्षा संचालन गर्ने भन्दै छलफल जारी राखेको थियो। यता उपत्यकाका सिडिओले बैशाख १६ गतेबाट निषेधाज्ञाको निर्णय गरेपछि भने पुरा पढ्नुहोस्…

मोरङ,१३ वैशाख। नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । माइती नेपाल मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सन् २०२० अप्रिलदेखि पुरा पढ्नुहोस्…

काठमाडौँ,१३ वैशाख।कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ। पार्टी विधानको व्यवस्थाअनुसार पाँच वर्षे कार्यकाल गुजारिसकेको कांग्रेसले संवैधानिक सहारा लिँंदै आगामी भदौ पहिलो साता काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ। तर पटकपटक संशोधित कार्यतालिकाअनुसार पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढाउन नसकेको कांग्रेसका लागि कोरोना भाइरसको बढ्दो संक्रमणसँगै महाधिवेशन थप पुरा पढ्नुहोस्…

तुलसीपुर,१३ वैशाख। झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो । दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय पुरा पढ्नुहोस्…

 वैशाख १३, काठमाडौं उच्च स्रोतका अनुसार मन्त्रालयले चैतदेखि नै विद्यालय बन्द गरेर भीडभाड हुने सम्पूर्ण कार्य बन्द गर्न सिफारिस गरे पनि सरकारले यथोचित निर्णय नगर्दा स्थिति भयावह बन्दै गएको हो । ‘हामीले विद्यालय नखोलौं, भारतबाट आउने विमानलाई रोकौं, स्थलमार्गबाट पनि भारतीयको प्रवेश रोकौं, जात्राहरू हुन नदिऊँ भनेका थियौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर हाम्रो कुरा कसैले सुनेनन् । पुरा पढ्नुहोस्…

कास्की,१३ वैशाख। पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा आवश्यक दूरी पुरा पढ्नुहोस्…

काठमाडौँ, १२ वैशाख। प्रतिनिधिसभा सदस्यले जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले कोभिड–१९ नियन्त्रणका सबै संयन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले विगतबाट पाठ सिकेर कमजोरी हटाउँदै स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी नागरिकको जीवनरक्षामा लाग्न संसदीय समितिमार्फत आह्वान गर्नुभएको छ । “कानून निर्माता हामीले जनतालाई बचाउन के गर्ने हो, त्यो हेरौँ, अब हाम्रो एउटै उद्देश्य पुरा पढ्नुहोस्…

काठमाडौं,१२ बैशाख। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । सोमबारदेखि लागु हुने गरी जिप्रकाले सो सूचना जारी गरेको हो । कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली पुरा पढ्नुहोस्…

काठमाडौं,१२ बैशाख। इराकको राजधानी बग्दादस्थित इबन अल(खातिभ अस्पतालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी सुरू भएको थियो। उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरू सामानमा आगो तत्कालै सल्किएको थियो। दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालको पुरा पढ्नुहोस्…

काठमाडौं,१२ बैशाख। पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ पुरा पढ्नुहोस्…