काठमाडौं,७ बैशाख। त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९।३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

नेपालगन्ज,७ वैशाख। पहिलो चरणको कोरोना महामारीका बेला उनी गर्भवती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् । गर्भ आठ महिनाको भएपछि सुरक्षित प्रसूतिका लागि जागिर छाडिन् । स्वस्थ छोरीलाई जन्म दिएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क थिइन् । सुत्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती गइन् । पुरा पढ्नुहोस्…

काठमाडौं,७ वैशाख। मिस तामाङ वल्र्ड प्रतियोगिता हुने भएको छ । साधना कला केन्द्रले आयोजनामा जेठ १२ ९बुद्ध जयन्तीका अवसर० मा लुम्बिनी प्रतियोगिता हुने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो । उहाँले तामाङ जातिको धर्म, कला, संस्कृति, भाषा, वेशभूषा, बाजा, रीतिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । उहाँले विगतमा मिस तामाङ पुरा पढ्नुहोस्…

काठमाडौं,७ बैशाख।प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन पुरा पढ्नुहोस्…

गलेश्वर,७ वैशाख। यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण पुरा पढ्नुहोस्…

काठमाडौं,६ बैशाख। एस.एल.सी.को प्रमाणपत्र किर्ते गर्ने डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । बंगलादेशमा एम.बि.बि.एस. अध्ययन गर्न जानको निमित्त एस.एल.सि.को मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरणहरु सच्याई सोही किर्ते मार्कसिटको आधारमा बंगलादेशमा एम.बि.बि.एस अध्ययनको लागी नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्विकृती लिएका र हाल विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरा पढ्नुहोस्…

पोखरा,६ बैशाख। गण्डकी प्रदेशसभाको अधिवेशन बैशाख १३ गतेलाई बोलाइएको छ। प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाका सभामुखलाई पत्र लेख्दै गण्डकी प्रदेशको अधिवेशनको आव्ह्वान गर्नुभएको हो। प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश सभाका २८ जना सांसदहरुले प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए। सोही अनुरुप प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम अधिवेशन बोलाउनुभएको हो।

काठमाडौँ,६ वैशाख। पछिल्लो २४ घण्टामा थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

चितवन,६ वैशाख। वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले माडी नगरपालिकास्थित दुई वटा प्रहरी चौकीको आज उद्घाटन गर्नुभएको छ । उद्घाटन हुने प्रहरी चौकीमा माडी नगरपालिका–६ कल्याणपुर र वडा–९ सोमेश्वर रहेका छन् । थुनुवा कक्षसहितको प्रहरी कार्यालय तथा ब्यारेक निर्माणका लागि विसं २०७६ असार १ गते बिरुवा के एण्ड जे जेभि पुरा पढ्नुहोस्…

काठमाडौँ,६ वैशाख। नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी गतिविधि विरुद्ध लाग्ने थप आठ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले कर्णाली प्रदेशसभामा पार्टीको औपचारिक ह्वीप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने र त्यसमा नेतृत्वदायी भूमिका खेल्ने पुरा पढ्नुहोस्…