१२ माघ,काठमाडौँ । कोभिड १९ रोकथामका लागि नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाका साथ भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो पुरा पढ्नुहोस्…

१२ माघ,काठमाडौँ । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री पुरा पढ्नुहोस्…

८ माघ,काठमाडौँ । भारतको मुम्बईको तारदेव भाटिया अस्पताल नजिकै रहेको २० तले भवन कमलाको १८ औं तलामा शनिबार बिहान आगलागी भएको छ। आगलागीमा परी ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार शनिबार बिहान सात बजेतिर आगलागी भएको हो । दुर्घटनामा परेका १५ जनालाई भाटिया अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । पुरा पढ्नुहोस्…

७ माघ,काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि ७०३ पुगेको छ। यही अवधिमा २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८२५ पुरा पढ्नुहोस्…

४ माघ,काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा पुरा पढ्नुहोस्…

३० पुष,काठमाडौँ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जो अघिल्लो दिनको संक्रमितभन्दा करिब १२ हजार बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३१४ को मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म भारतमा ४ लाख ८५ हजार ३४९ व्यक्तिको मृत्यु भइसकेको छ पुरा पढ्नुहोस्…

२९ पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा थप दुई लाख ४७ हजार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ३८० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना कारण ४ लाख ८४ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।

२८ पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ९४ हजार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ४४२ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना कारण ४ लाख ८४ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ९ लाख ५५ हजार सक्रिय संक्रमित रहेका छन्।

भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिनुभएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो । आर्थिकरुपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुग्नुभएका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउनुहुन्छ । “गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको मुलुकमा भारी पुरा पढ्नुहोस्…

२१ असोज,काठमाडौँ । पाकिस्तानको बलोचिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार बिहान करिब ३ बजेतिर गएको भूकम्पमा परि कम्तिमा पनि २० को मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । त्यस्तै भूकम्पमा परी ३०० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ । ५ दशमलब ७ रेक्टर स्केलको सो भूकम्पका कारण बलोचिस्तान प्रान्त सबैभन्दा बढी पुरा पढ्नुहोस्…