आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कंचनपुर क्षेत्र नम्बर -३ बाट कालोसुचीमा रहेका नागार्जुन कन्स्ट्रक्सनका प्रबन्ध संचालक दिपक बहादुर सिंहले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन । सिंह प्रबन्धक संचालक रहेको नागार्जुन कन्स्ट्रक्सनले समय सिमा भित्र काम नगरेकाले सार्वजनिक खरिद अनुगमन कार्यालयले कम्पनीलाई ३ वर्षका लागि कुनै पनि सार्वजनिक खरिद कार्यमा पुरा पढ्नुहोस्…

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

१५ माघ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गर्नुभएको छ । सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिनुहुँदै उहाँले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र पुरा पढ्नुहोस्…

१५ माघ,काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको कारवाहीप्रति नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले स्वागत गरेको छ । सिआइबीले काठमाडौँ महानगरपालिका–२७ ज्याठामा मह व्यवसायको नाममा एक व्यवसायीले अखाद्य तत्व मिसाई मह भनी अखाद्य वस्तु विक्री वितरण गर्ने कारखानामा छापा पुरा पढ्नुहोस्…

१४ माघ,काठमाडौँ । पछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजानिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ । महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजद्वारा संयुक्त रुपमा आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत थानकोट, चेकपोष्ट, बलम्बु गुर्जुधारा, सतुङ्गल, तीनथाना, नैकाप, दहचोक जस्ता नगरका मुख्य क्षेत्रमा मास्क वितरण पुरा पढ्नुहोस्…

१४ माघ,काठमाडौँ । यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् पुरा पढ्नुहोस्…

११ माघ,काठमाडौँ । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो । कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का पुरा पढ्नुहोस्…

११ माघ,काठमाडौँ । सर्वोच्च अदालतले सिटामोल र पारासिटामोलजस्ता अतिआवश्यक औषधि सहजरुपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।आदेशमा हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल पुरा पढ्नुहोस्…

११ माघ,काठमाडौँ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु ४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका पुरा पढ्नुहोस्…

कञ्चनपुर, ११ माघ (रासस) । कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहँुदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको र अन्य कर्मचारीमा समेत कोरोनाका लक्षण देखापरेको हुँदा सेवा स्थगन गरेको जनाएको छ पुरा पढ्नुहोस्…