सहकारी दर्पण

सरोकारवालाले नेपाल सहकारी बैंक दर्ताको प्रस्ताव अघि सारे

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले मात्रै सहकारी संस्थामा वित्तिय लगायतका सेवा प्रवाह गर्न नसकेको भन्दै सरोकारवालाले नेपाल सहकारी बैंक दर्ताको प्रस्ताव अघि सारेका छन् । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना लगायत आवेदक संस्थाका प्रतिनिधि आइतबार राष्ट्रिय सहकारी विभागमा सहकारी बैंक स्थापनाको प्रस्ताव लिएर पुगेका हुन् । एक मात्रै सहकारी बैंकले समग्र मुलुकभरका सहकारी संस्थालाई सेवा Read More…

सहकारी दर्पण

कृषकको उत्पादन सहकारीमार्फत बजारमा

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकको उत्पादनलाई जिल्ला बाहिर पठाउन थालेको छ । विसं २०७५ मा स्थापना भएको यस सहकारीले कृषि सङ्कलन केन्द्रमार्फत कृषि उपजलाई सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्न थालेको हो ।  सहकारीले यसै वर्षबाट भूमे गाउँपालिकासँग समन्वय गरी सञ्चालनमा ल्याएको सङ्कलन केन्द्रले कृषकलाई सहज बनाएको छ । Read More…

सहकारी दर्पण

सहकारीले खोल्यो सुपथ मूल्यका पसल

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि–४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ पसल नाम दिएर सञ्चालनमा ल्याएको उक्त पसलले सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ । सोमबारदेखि औपचारिक रुपमा शुरु भएको सो पसलका Read More…

सहकारी दर्पण

देवदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षमा घिमिरे

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित भएका छन् ।  सहकारीको १२ औँ साधारणसभाले उनलाई चार वर्षका लागि सो पदमा पुनःचयन गरेको हो । सो नगरपालिकाको सबैभन्दा धेरै वचतकर्ता आबद्ध रहेका सो सहकारीको नयाँ कार्यसमितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा Read More…

सहकारी दर्पण

विजय शान्ति सहकारीमा नयाँ कार्यसमिति

काठमाडौं । विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाले जयन्द्रमान सिं बनियाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा त्रिरत्न तुलाधर, सचिवमा वृद्धिमान शाक्य र कोषाध्यक्षमा पूर्णरत्न बज्राचार्य निर्वाचित भएका छन् भने सदस्यहरुमा त्रिरत्न मानन्धर, दुर्गा शाक्य र कमला देउजा कंसाकार निर्वाचित भएका Read More…

सहकारी दर्पण

देशभर ३० हजार सहकारी सञ्चालनमा

काठमाडौं । देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । सहकारी विभागले चार महिना लगाएर गरेको अध्ययनअनुसार देशभर २९ हजार ८८६ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको हो । विभागले स्थानीय सरकारसँगको सहकार्यमा गत साउनदेखि कात्तिकसम्म सहकारीको तथ्यांक संकलन गरेको थियो । हाल सञ्चालित सहकारीमध्ये संघीय सरकारअन्तर्गत १२५, प्रदेश सरकारअन्तर्गत ६ हजार दुई र Read More…

सहकारी दर्पण

म निरन्तर विकासका पक्षमा छु: मुख्यमन्त्री

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन् । मकवानपुरको हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा आज आयोजित समाहरोमा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने धारणा राखे । उनले प्रदेश सरकारले छोटो अवधिमा दीर्घकालीन प्रभाव पार्ने खालका महत्वपूर्ण काम Read More…

सहकारी दर्पण

रैथाने धानकाे बीउ जोगाउँदै सहकारी

कञ्चनपुर । सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने रैथाने (स्थानीय) जातका धानका प्रजाति अहिले गाउँघरतिर पनि पाउनै मुस्किल हुँदै गएको छ । फेरि कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको बीउ नै खोज्छन् । उन्नत जातभन्दा कम फल्ने हुँदा किसानले रैथाने (स्थानीय) जातका Read More…

सहकारी दर्पण

सहकारीले अतिरिक्त शुल्क लिन पाउने

काठमाडौं । सरकारी संस्थाले कर्जा लगानीमा अधिकतम एक प्रतिशतसम्म अतिरिक्त शुल्क लिन पाउने भएका छन् । सहकारी विभागले आगामी माघ १ गतेदेखि लागू हुने गरी सहकारी संस्थाले सदस्यबाट लिन पाउने शुल्क निर्धारण गरेको हो । सहकारी ऐन, २०७४ को परिच्छेद–७ को दफा ५० (३) र नियमावलीको दफा ७६ (१) (झ) बमोजिम विभागले सेवा शुल्क तोकेको Read More…

सहकारी दर्पण

सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

दाङ । राप्ती र गढवा गाउँपालिकामा अनुदानको मल बिक्रीवितरणका लागि सहकारीलाई अनुमति दिइएको छ । सरकारद्वारा गत भदौ १ गते जारी गरिएको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०७७ मा स्थानीय सरकारले तोकेका कृषि सरकारी, फर्म तथा कम्पनीले अनुदानको मलखाद वितरण गर्न पाउने व्यवस्था छ । मापदण्ड पुगेका आधारमा राप्तीका आठ र गढवाका १३ सहकारीले मल बिक्री Read More…