अर्थ

बनेपामा वडा कार्यालयबाट बैंक खाता

बनेपा । चौरीदेउराली गाउँपालिका-३ माझिफेदाका ७५ वर्षीय साइलीमाया तामाङले घर नजीकै रहेको वडा कार्यालयमा सोमबार पहिलोपटक बैंक खाता खोले ।  ज्येष्ठ नागरिक र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले बैंक खाता खोल्न अनिवार्य बनाएपछि जिल्लाको कोशीपारि क्षेत्रका वडा कार्यालयले वडामा नै खाता खोल्न व्यवस्था मिलाएको हो । ‘म हिँडेर बैंकको कार्यालयमा पुग्न ३ घण्टाभन्दा Read More…

अर्थ

कोभिडको प्रभावले थलिएको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

काठमाडौं । कोभिड-१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो ।   आयोगले आर्थिक वर्ष २०७६/७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव एवम् यसले पुर्याएको क्षति विश्लेषण Read More…

अर्थ

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मंगलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप Read More…

अर्थ

चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि निर्देशन

काठमाडौं  । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौती र त्यसको समाधानका निम्ति भइरहेको प्रयासका बारेमा छलफल भएको हो ।  कलंकीदेखि Read More…

अर्थ

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्ने अर्थमन्त्रीको उद्घोष

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए । बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका Read More…

अर्थ

बाघखोर–खम्बुखा सडक निर्माण अन्तिम चरणमा

भोजपुर । बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोउन्नतिको काम अन्तिम चरणमा पुगेको छ । भोजपुरको रिङरोडको रुपमा विकास हुँदै गरेको सो सडक सङ्घीय सरकारको रु दुई करोडको लागतमा गत असोज महिनाबाट स्तरोउन्नतिको काम थालिएको हो । सडकलाई वर्षात्को समयमा यातायात सञ्चलान गर्ने गरी चौंडा गर्ने, बढी हिलो हुने ठाउँमा ग्राभेल गर्ने, ग्याबिन भर्ने लगायतका काम भइरहेको छ Read More…

अर्थ

कञ्चनरुप-तिरहुत जोड्ने पुल निर्माण अलपत्र

राजविराज । सप्तरीको दुईवटा स्थानीय तह पालिका जोड्ने ठाउँमा विगत सात वर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र रहेको पाइएको छ । लामो समयदेखि सप्तरीको कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल अहिलेसम्म बन्न सकेको छैन । करीब सात वर्षअगाडि निर्माण कार्य थालिएको सो पुल  निर्माण कार्य रोकिएपछि अहिलेसम्म पक्की पुल निर्माणको काम पूरा हुन Read More…

अर्थ

अब रातको समयमा पनि काठमाडौं-पोखरा पर्यटक बस चल्ने

काठमाडौं । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा सुरु गरेको हो । कोभिड–१९ को संत्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि सो प्रालिले सोमबार रातिदेखि काठमाडौं-पोखरा रात्रिकालीन बससेवा सुरु गरेको हो । काठमाडौंको बौद्धबाट साँझ ६.३० Read More…

अर्थ

अम्लिसोको भाउ बढेपछि किसान खुसी

इलाम । विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्लिसो) को भाउ बढेपछि किसान औधी रमाएका छन् । उनीहरु अहिले अम्लिसो थुतेर बजारसम्म पुर्याउन थालेका हुन् । मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो परिमाणमा भारत जान्छ । नेपाली उत्पादन भए पनि भारतीय व्यवसायीले राखेको भाउमा नेपाली व्यवसायी चल्नुपर्छ । भाउ अस्थिर हुनाले किसानले अधिकतम मूल्य पाउनकै Read More…

अर्थ

पेट्रोल, डिजेल र मट्टितेलको भाउमा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको भाउमा वृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी उक्त पदार्थको भाउ वृद्धि गरेको हो । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल, डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र ९३ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा Read More…