अर्थ

असोजमै सुन्तला पाकेर राम्रो फल दिन सुरु गरेपछि किसान उत्साहित

बागलुङ । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन्। बागलुङ नगरपालिका–८, सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन्। खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा Read More…

अर्थ

आँखुखोला जलविद्युत् आयोजनाः प्रभु बैंकको नेतृत्वमा सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने

काठमाडौं । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन्। कूल २५.४ मेगावाट क्षमताको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा हस्ताक्षर भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। आयोजनाको कूल लागत रु चार अर्ब Read More…

अर्थ

जुम्लाको विमानस्थल विस्तार गरिने

जुम्ला । हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ। चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजनाअन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । उनले भने, ‘विस्तृत अध्ययनका लागि रु १७ लाख ६९ हजार ९१२ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको Read More…

अर्थ

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौराहा । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन्। सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन्। कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए। उनले भने, ‘व्यवसायको प्रकृतिअनुसार Read More…

अर्थ

कोरोनापछिको पर्यटन: कसरी सम्भव छ, पुनर्जागरण र विकास ?

काठमाडौं । विश्वव्यापी कोरोनाको महामारीपछि मुख्य रुपमा थलिन पुगेको नेपालको पर्यटन उद्योगलाई पुनर्जीवन दिन आवश्यक छ । अझै सो मरामारी तत्काल अन्त्य हुने सम्भावना छैन तर यसबाट कसरी बच्ने र आफ्नो व्यवसायलाई कसरी निरन्तरता दिने भन्ने नै अहिलेको मुख्य विषय हो । नेपालको अर्थतन्त्रको एक मुख्य खम्बाको रुपमा रहेको पर्यटन उद्योग जीवन्त नगरेसम्म आर्थिक विकासका Read More…

अर्थ

दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमाडौं । देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बससेवा सुरु गरेको छ। पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै ६ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा सुरु गरिएको हो। यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै Read More…

अर्थ सहकारी दर्पण स्थानिय खबर

बीउमा जातीय शुद्धताका लागि रगिन गर्दै कृषि सहकारी

टीकापुर । कैलालीमा धान बीजवृद्धि खेती गरेका कृषि सहकारी धान खेतमा रगिन गरिरहेका छन्। बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रहेको तयारी धान बालीमा रगिन गर्न थालेका हुन्। कैलालीको जानकी गाउँपालिकास्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष १०९ हेक्टर क्षेत्रफलमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको छ। सहकारीले प्रत्यक्ष निगरानी र सुपरीवेक्षणमा गुणस्तरीय बीउ उत्पादन Read More…

अर्थ

बेनी-जोमसोम कोरला सडक मर्मत भएपनि मुस्ताङसम्म सवारी साधन सञ्चालन भएन

गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरला सडकको रुप्से खण्डमा सडक मर्मत गरे पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सिधा सवारी साधन सञ्चालन हुन सकेको छैन। गत भदौ ३१ गते राति रुप्से झरनामा आएको बाढीले बगाएको सडक मर्मत भएर शनिबार साँझदेखि सञ्चालनमा आए पनि काभ्रे र घोप्टे ओडार आसपासका क्षेत्रमा खसेको पहिरो पन्छाइ नसकिएकाले सिधा सवारी सञ्चालन हुन Read More…

अर्थ

रोजगारीका लागि गएका ७५ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अफ्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन्। मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २ सय १४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन्। Read More…

अर्थ

किन भइरहेको छ सुनचाँदीको मूल्य घट-बढ ?

काठमाडौं । शक्ति राष्ट्रले ‘कोभिड–१९’ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि यसको प्रभाव सुनचाँदी व्यवसायमा देखिएको छ । केही दिनदेखि सुनचाँदीको भाउमा उकालो–ओरालो लागेको छ। सुनचाँदीको भाउमा उतारचढाव आउनु सामान्य प्रक्रिया रहेको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताए । उनका अनुसार यतिखेर शक्तिशाली मुलुकहरूले कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि त्यसको Read More…