शिक्षा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नयाँ आवेदन माग

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यसअघिका आवेदन खारेज गरी नयाँ आवेदन माग गरेको छ ।  शिक्षामन्त्रीको अध्यक्षतामा भएको मन्त्रालयको निर्देशक समितिको बैठकले यसअघि राष्ट्रपति कार्यालयबाट प्रक्रिया पूरा गरी प्राप्त निवेदनबाहेक अन्य निवेदन खारेज गरी शिक्षा विकास तथा मानव स्रोत केन्द्रबाट नयाँ प्रक्रिया सुरु गरेको छ ।  यही माघ Read More…

शिक्षा

मध्यपुरथिमि नगरभित्र आइतबारदेखि विद्यालय सञ्चालन हुने

भक्तपुर । कोभिड– १९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारबाट सञ्चालन हुने भएका छन् ।  मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।  नगर शिक्षा समितिको बैठकले माघ ४ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने Read More…

शिक्षा

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयले पाए निःशुल्क पुस्तक

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ । समाजसेवीत्रय दीपकुमार भण्डारी, डा.लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको होे । हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति सुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राखे ।  Read More…

शिक्षा

पोषिलो खाजा खुवाउने विद्यालयले मात्रै अनुदान पाउने

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान दिने भएको छ । गत हप्ताबाट कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा नियमित बनाउन र शरीरलाई आवश्यक पोषक तत्व पुर्‍याउने उद्देश्यले गाउँपालिकाले यहाँका ३६ सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम सुरु गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका प्रतिविद्यार्थी Read More…

शिक्षा

पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता

काठमाडाैं । काठमाडाैंकाे तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ ।  सिकाइ पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरूप वार्षिक तीन हजारका दरले दिने निर्णय गरेको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जानकारी दिए । यसैगरी  पूर्वप्राथमिक तहका बालबालिकालाई निःशुल्क पोशाक दिने व्यवस्थासमेत Read More…

शिक्षा

मध्यपुरथिमि नगरपालिकाले तत्काल विद्यालय सञ्चाल गर्न अनुमति नदिने

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड-१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो ।     निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन Read More…

शिक्षा

त्रिविले यसपटक हिउँदे बिदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरसको कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविका रजिष्ट्रार डा.पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिए । त्रिविले हिउँदे बिदा सधैँ नै यही पुस १५ देखि Read More…

अर्थ शिक्षा

रेडियो सुन्दै, ज्ञान बढाउँदै

बागलुङ । बरेङ गाउँपालिकाका विद्यार्थी हरेक शनिबार बिहान रेडियो बिहानी सुन्न आतुर हुन्छन् । पैँतालीस मिनेट चल्ने ‘विषयगत हाजिरीजवाफ प्रतियोगिता’ लाई विद्यार्थीले सातादिन पर्खिन्छन् । कोही विजेता बन्ने होडमा प्रतियोगितामा भाग लिन्छन् । कतिले रेडियो सुनेरै पनि विषयगत ज्ञानको दायरा बढाउँछन् । रेडियोसँगको सहकार्यमा गाउँपालिकाले थालेको उक्त प्रतियोगितात्मक कार्यक्रम छोटै अवधिमा प्रभावकारी बनेको छ । Read More…

शिक्षा

इलामको माङ्सेबुङमा बाली विज्ञानको कक्षा

इलाम । इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो । कक्षा ९ बाट यसै वर्षबाट औपचारिकरूपमा पठनपाठन नै सुरु भएको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान Read More…

शिक्षा

पाठ्यक्रम सक्न अतिरिक्त कक्षा चलाउँदै बरेङ गाउँपालिका

बागलुङ  । बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ ।  कोरोनाका कारण चार महिनादेखि अवरुद्ध बनेको पठनपाठनलाई पूर्णता दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए । कोरोनाले शैक्षिक गतिविधिमा नोक्सान भएका कारण यसको परिपूर्तिका लागि अतिरिक्त कक्षा लिन थालिएको हो । पाठ्यक्रमले निर्दिष्ट गरेको Read More…