शिक्षा स्थानिय खबर

व्यासमा मंसीर ३ गतेदेखि कक्षा सञ्चालन

तनहुँ । तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा Read More…

शिक्षा

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ शिक्षा अत्यावश्यक : माथेमा

काठमाडौं- शिक्षाविद् केदारभक्त माथेमाले कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’लाई अनिवार्य विषयका रुपमा समावेश गरिनु सकारात्मक भएको बताएका छन्। शिक्षा पत्रकार समाज र सामाजिक अध्ययन शिक्षक समाजले आज भर्चुअलरुपमा आयोजना गरेको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ शिक्षाको महत्व विषयक छलफलमा माथेमाले सरकारले उक्त निर्णयको प्रशंसा गर्दै नयाँ पुस्तालाई लोकतन्त्र, संविधान, सङ्घीयता र समावेशीताको Read More…

शिक्षा

कक्षा १२ को परीक्षाको विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिई आन्तरिक मूल्याङ्कन Read More…

शिक्षा

टोल शिक्षा कार्यक्रम सञ्चालनः शिक्षकलाई पढाउन भ्याइनभ्याइ

डोटी । कोरोना महामारीका कारण अध्ययनअध्यापन प्रभावित भएपछि डोटीका सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थीका लागि टोल शिक्षा सञ्चालनमा ल्याएका छन्। इन्टरनेट असुविधाका कारण अनलाइन कक्षा चलाउन नसकेपछि यहाँका सामुदायिक विद्यालयलले टोल शिक्षा सञ्चालनमा ल्याएका हुन्। टोल शिक्षा सञ्चालनमा आएपछि अहिले शिक्षकलाई पढाउन भ्याइनभ्याइ हुन थालेको छ। यहाँका विभिन्न स्थानीय तहका सामुदायिक विद्यालयले शिक्षकको दैनिक रुटिन Read More…

जिवन यात्रा शिक्षा

फिचर: जो मिस्त्री काम गरेर चार बहिनी पढाउँछन्

कर्णाली । गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला। यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ। यद्यपि शुभकालिका गाउँपालिका–४ (साविक सुकाटिया २) कालीकोटका खेमराज चौलागाईं १६ वर्षे उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलान्छन् र सधैझैं उत्तानो परेर गाडी बनाइरहेको देखिन्छन्। आजभोलि धेरै अभिभावकका बालबालिका सामाजिक सञ्जालमा गेम खेलेर, गीत बजाएर, Read More…

शिक्षा

रोकियो चिया विषयको पठनपाठन

इलाम । झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ। मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ। चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको संख्या पनि बढ्दो छ। कृषिको महत्वपूर्ण हिस्सा भएकाले चियामा लगानीसँगै आम्दानी पनि बढ्दो नै छ। सरकारी र निजी तवरबाट चिया उत्पादन र बजारलाई प्राथमिकता दिइए Read More…

शिक्षा स्थानिय खबर

गाउँपालिकाले लागू गर्यो भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन सुरु गराएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन सुरु गराएको हो। गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता Read More…

शिक्षा स्थानिय खबर

काभ्रेका स्थानीय निकायले सुचारु गराए पठनपाठन

बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ। कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन्। जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन सुरु गरेका हुन्। काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मंगलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा Read More…

शिक्षा

कोरोना माहामारीकाबीच लोकसेवा आयोगले परीक्षा लिने, कार्यतालिका सार्वजनिक

 काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार आयोगले न्याय सेवातर्फको लिखित परीक्षा र प्रथम चरणको लिखित परीक्षा सकिसकेका दोस्रो चरणका लिखित परीक्षा सञ्चालनको Read More…

शिक्षा

सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर पढाउन थाले

तनहुँ । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन्। कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाइ सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन्। शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाइ केन्द्र स्थापना गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार Read More…