काठमाडौँ, २९ बैशाख। वाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेकपा एमालेका नेतासमेत रहनुभएका प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पुष्टि गर्नुभयो । चौलागाईँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको एमालेका प्रवक्रा ज्ञवालीले बताउनुभयो । उहाँ गएको चुनावमा दोलखा क्षेत्र नम्बर ख पुरा पढ्नुहोस्…

म्याग्दी,२९ बैशाख। नयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र निषेधाज्ञाबाट पूर्ण प्रभावित भएका छन् । तीव्ररूपमा फैलिएको कोरोना रोकथामका लागि म्याग्दीमा आजदेखि जिल्लाभर निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरेर बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा गरिएको पुरा पढ्नुहोस्…

काठमाडौं,२८ बैशाख। नेपालमा गत २४ घण्टामा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै मन्त्रालयले थप २२५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मङ्गलवार पुष्टि गरेको छ। तीमध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो। एक दिन पुष्टि गरिएको र २४ घण्टाको अवधिमा मृत्यु भएका यी दुवै पुरा पढ्नुहोस्…

काठमाडौँ , २८ बैशाख। आज मिति वि सं २०७८ साल बैशाख महिनाको २८ गते, मंगलबार, तदअनुसार सन् २०२१ मे ११ तारिख। आज मातातिर्थ औंसी। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् । पुरा पढ्नुहोस्…

काठमाडौं,२७ बैशाख। कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित पुरा पढ्नुहोस्…

राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ । विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब) सँग सहकार्य गरी कस्टमरलाई सहज पुरा पढ्नुहोस्…

काठमाडौं ,२७ बैशाख। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । काठमाडौंका मयेरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भुक्तपुर र पुरा पढ्नुहोस्…

काठमाडौं, २७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दै छ । शुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ पुरा पढ्नुहोस्…

चितवन,२७बैशाख। चितवनका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शय्याहरु भरिन लागेका छन् पुरा पढ्नुहोस्…

काठमान्डाैं / ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए । पुरा पढ्नुहोस्…