काठमाडौं, ४ असार  एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिंगको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया सि २० र नोकिया जी १० को लन्च गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई धेरै सहज बनाएको जनाइएको छ । कम्पनीका अनुसार नयाँ जी–सिरिजले नोकिया पुरा पढ्नुहोस्…

काठमाडौं, ४असारनेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका÷नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र पुरा पढ्नुहोस्…

काठमाडौं, ४ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५६९ जनामा पीसीआर र ५ हजार ४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा गरी कुल २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४४ जनाको पुरा पढ्नुहोस्…

काठमाडौं, ४ असार । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश पुरा पढ्नुहोस्…

युरोकप फुटबल अन्तर्गत बिहीबार राति भएको दोस्रो खेलमा बेल्जियमले प्रभावशाली खेल देखाउँदै नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमले डेनमार्कको कोपेनहेगनस्थित पार्केनको घरेलु मैदानमा २–१ ले खेल जितेर नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियम टिमका नायक थिए, रोमेलु लुकाकु र केभिन डी ब्रुएन । दुबै गोलका लागि लुकाकुले डेनमार्कको डिबक्सभित्र पास सिर्जना गरेका थिए पुरा पढ्नुहोस्…

दाङ, ०४ असार। घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार पुरा पढ्नुहोस्…

एजेन्सी । लगातार जितपछि नेदरल्याण्ड्सले युरो २०२० को समूह सी बाट नकआउट चरणमा प्रवेश पाएको छ । समूहको दोस्रो खेलमा आम्स्टर्डमस्थित याहान क्रुएफ एरिनाले डच टोलीले अस्ट्रेलियालाई २–० गोलले हरायो । फ्र्याक डी बोर प्रशिक्षित नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो । अस्ट्रियाविरुद्ध गएराति खेलिएको खेलमा १२ हजार समर्थकलाई रंगशाला प्रवेश दिइएको थियो । पुरा पढ्नुहोस्…

एजेन्सी । कोपा अमेरिकामा समूह बी बाट लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । अघिल्लो संस्करणमा फाइनलिस्ट टोलीबीचको प्रतिस्पर्धामा घरेलु टोली ब्राजिलले एकपक्षीय खेल प्रदर्शन गरेको थियो । खेलको १२ औं मिनेटमै गाव्रियल जेससको पासमा एलेक्स पुरा पढ्नुहोस्…

गलकोट ,४ असार । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढी पहिरोका कारण जिल्लामा पुरा पढ्नुहोस्…

काठमाडौं,४ असार । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई र यादव समूहको कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगको निर्णय पारदर्शी नभएको निष्कर्ष निकाल्दै पार्टी आधिकारिताका लागि आयोगमा सशरीर पुरा पढ्नुहोस्…