काठमाडौं,४ असार । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई र यादव समूहको कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगको निर्णय पारदर्शी नभएको निष्कर्ष निकाल्दै पार्टी आधिकारिताका लागि आयोगमा सशरीर पुरा पढ्नुहोस्…

काठमाडौं,४ असार । प्रतिनिधिसभा फेरि पुर्नस्थापना भएमा मुलुकमा थप अन्योल, अस्थिरता र राजनीतिक अराजकता बढ्ने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। दोस्रोपटक गरिएको विघटनविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइका क्रममा सर्वोच्चबाट माग भएबमोजिम बिहीबार पेस गरिएको लिखित जवाफमा बहुमतको सरकार बनाउन नसकेपछि संविधानबमोजिम नै प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरिएको पुरा पढ्नुहोस्…

काठमाडौं,३ असार । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। मुख्यतया आजको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन्। सभापति शेरबहादुर देउवाको निवासमा पछिल्लोपटक बसेको पदाधिकारी बैठकले भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव पुरा पढ्नुहोस्…

काठमाडौं,२ जेठ । सत्तारुढ दल नेकपा एमाले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने जटिल असमञ्जसमा फसेको छ । नेतृत्वको अन्तरविरोधका कारण पार्टीले एकपछि अर्को धक्का खाँदा पनि एमालेका दुवै पक्षको चेत खुलेको छैन । विगतमा माधव नेपाल समूहले प्रचण्डको साथ छोडेर एमालेमा फर्किँदा संस्थापन पक्ष उनीहरुप्रति कठोर देखिएको थियो । अध्यक्ष ओलीले एकतर्फीरुपमा पार्टीको पुरा पढ्नुहोस्…

काठमाडौँ, ०१ असार । नेपाली कांग्रेसका नेताहरुले भदौभित्रै पार्टीको १४ औँ महाधिवेशन हुने बताएका छन् । कांग्रेस जिल्ला सभापतिहरुद्धारा आज यहाँ आयोजित ‘कांग्रेसको आसन्न १४ औँ महाधिवेशन वृहत अन्तसंवाद’ कार्यक्रमका वक्ताहरुले पार्टीले बनाएको कार्यतालिकाअनुसार नै १४ औँ महाधिवेशन सम्पन्न हुने बताएका हुन् । कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीभित्र निर्वाचन हुन्छ की पुरा पढ्नुहोस्…

काठमाडौ,३१ जेठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको छ । आयोगको सो निर्णयसँगै जसपाले एकअर्कालाई गरेको कारबाहीसमेत खारेज भएको छ । आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता तथा आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालसहित बसेको बैठकले सो निर्णय गरेको हो । पुरा पढ्नुहोस्…

काठमाडौं,३० जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाजन्य रोगहरुको नि:शुल्क उपचारको व्यवस्था गर्ने निर्णय गर्नुभएको छ। शनिबार साँझ मुख्यमन्त्री पदको सपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले महिलामा हुने पाठेघरको क्यान्सर, स्तन क्यान्सरलगायतका रोगहरुको निशुल्क उपचार गर्ने निर्णय गर्नुभएको हो। साथै उहाँले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार पुरा पढ्नुहोस्…

पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । योसगै उनी कांग्रेसको पहिलो मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

काठमाडौं, २९ जेठ । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको पुरा पढ्नुहोस्…

काठमाडौं ,२९ जेठ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक बस्ने भएको छ । सभापती देउवाले पार्टीको १४औं महाधिवेशन बारे निणर्य गर्न  दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुनुका साथै कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने पुरा पढ्नुहोस्…