१२ माघ,रसुवा । विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको निधन भएको छ । सो पहिरामा परी निधन हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । निमित्त प्रहरीप्रमुख गणेश सापकोटाका अनुसार निर्माण हुन लागेको ७८ पुरा पढ्नुहोस्…

११ माघ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी पुरा पढ्नुहोस्…

१० माघ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गर्नुभयो । करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहनुभएका पुन आज नेपाल फिर्ता हुनुभएको हो । हिमालयन एयरलाइन्सको पुरा पढ्नुहोस्…

१० माघ,काठमाडौँ । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो । निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा मरेको थियो । गैँडाको पुरा पढ्नुहोस्…

७ माघ,काठमाडौँ । सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो । यही माघ १० गतेदेखि ती मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पुरा पढ्नुहोस्…

६ माघ,काठमाडौँ । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पुरा पढ्नुहोस्…

५ माघ,काठमाडौँ । काठमाडौँको कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका चालकलाई आज प्रहरीले टिप्परसहित नियन्त्रणमा लिएको छ । प्रदेश नं ३–०२–०२६ प १८२४ को मोटरसाइकललाई मङ्गलबार साँझ ठक्कर दिएर चालक फरार भएका थिए । उक्त दुर्घटनामा घाइते भएका मोरङ घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको उपचारका क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु पुरा पढ्नुहोस्…

२९ पुष,धादिङ । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लिङको पुरु नजिकै गए राति पहिरो खस्दा तीन जना हराइरहेका छन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो खस्दा स्काभेटरसमेत पुरिएको छ । धादिङबेँसी सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने सो क्षेत्रमा विकट गाउँमा सडक पु¥याउन काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले पुरा पढ्नुहोस्…

२८ पुष,काठमाडौँ । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उहाँको घटनास्थलमै मृत्यु भएको हो । मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उहाँको मृत्यु भएको श्रीमान् पुरा पढ्नुहोस्…

२७ पुस,काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि उहाँले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।