१० कार्तिक,राँझा । बाँकेमा नेकपा (एमाले)ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई स्थानीय तहमा भने नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले पुरा पढ्नुहोस्…

१० कार्तिक, खलङ्गा । अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ । तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधानका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको छ । तातोपानीबाट पानसय क्षेत्र र कुडारी हुँदै नुवाकोट क्षेत्रमा भारी पुरा पढ्नुहोस्…

९ कार्तिक, झापा । पहिलो चरणको जनगणनाको तथ्याङ्कअनुसार १५ स्थानीय तह रहेको जिल्लामा दुई लाख ४७ हजार २३६ घर परिवार रहेका छन् । जिल्ला जनगणना कार्यालय झापाले १५० जना सुपरिवेक्षक परिचालन गरी सो तथ्याङ्क सङ्कलन गरेको हो । गत भदौ ३० गतेदेखि असोज १९ गतेसम्म पहिलो चरणमा जिल्लाका १३१ वडाबाट कार्यालयले सुपरिवेक्षक परिचालन गरी घर पुरा पढ्नुहोस्…

९ कार्तिक,चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुकुम्बासीको समस्या समाधान गर्न यसअघि बनेका आयोगले गरेका कामलाई मूल्याङ्कन गरिने जानकारी दिनुभएको छ । राष्ट्रिय भूमि आयोगले आज यहाँ आयोजित प्रदेशस्तरीय समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अघिल्ला आयोगले गरेको कामलाई निरन्तरता दिँदै थप काम अगाडि बढाइने बताउनुभएको हो । पुरा पढ्नुहोस्…

९ कार्तिक,काठमाडौँ । महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । भारतको विहार राज्यको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको सम्सी सीमानाकाबाट पुरा पढ्नुहोस्…

८ कार्तिक,काठमाडौँ ।पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का सात वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनका सात महिने छोरा निश्चलको फिदिमस्थित समर्पित अस्पतालमा पुरा पढ्नुहोस्…

८ कार्तिक,काठमाडौँ । गत शनिबार सम्पन्न भएको नेकपा (एमाले)कोे १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष हुनुभएको छ । उहाँ बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका पुरा पढ्नुहोस्…

८ कार्तिक,काठमाडौँ । नयाँबानेश्वर मीनभवन सडकखण्डको बीच भागमा परेको खाल्डो भर्न खटिएका सडक विभागका कर्मचारी । सडकको बीचभागमा अचानक खाल्डो हुँदा सोमबार यातायातसमेत केहिबेर अवरूद्ध भएको थियो ।

८ कार्तिक,पाँचथर ।फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ६२ जना घाइते पुरा पढ्नुहोस्…

८ कार्तिक,विराटनगरैँ । कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कात्तिक १ र २ गते परेको अविरल वर्षाबाट नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था नरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो । उहाँले सुनसरीको चतरादेखि मोरङसम्म ५३ किमी लम्बाइ पुरा पढ्नुहोस्…