स्थानिय खबर

कोरोना महामारीको बहानामा गुल्मीमा यातायात व्यवसायीले यात्रुसँग मनोमानी भाडा असुल्दै

तम्घास । गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन्। कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका छन्। अहिले ग्रामीण भेगका अधिकांश सडक बिग्रिएका छन्। बस, हाइस जस्ता बढी यात्रु बोक्ने सवारी पूर्ववत् ढङ्गले चल्न नसक्दा जीपलगायतका साना गाडीहरुले मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउँछन्। जिल्लाको Read More…

स्थानिय खबर

कालोबजारी गर्ने २६ पसललाई कारबाहीका लागि सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाले २६ वटा पसलले कालोबजारी गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको छ। महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसल भेटिएकाले ती पसललाई कारबाही गर्न सिफारिस गरेको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन्। कोरोना महामारीको मौका छोपेर व्यापारीले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमन गरेको महानगरले उपत्यका भित्रका विभिन्न Read More…

स्थानिय खबर

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

भरतपुर । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ। मंगलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो। नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए। उनले भने, ‘सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या Read More…

स्थानिय खबर

कोटेश्वर-जडिबुटी सडक फराकिलो बनाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। हालः चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ। यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ। डिभिजन सडक कार्यालय काठमाडौंले गत महिनादेखि सडकका दुबैतर्फको निर्माणस्थल खाली गरिरहेको डिभिजन प्रमुख कुबेर Read More…

स्थानिय खबर

कोरोना रोकथाम र उपचारका लागि चन्द्रागिरि नपाले गर्यो दुई करोड २७ लाख खर्च

काठमाडौ । चन्द्रागिरि नगरपालिकाले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ। काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो।  नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ को Read More…

अर्थ स्थानिय खबर

२३ वर्षपछि तनहुँको छाब्दी मार्गमा कालोपत्रे

तनहुँ । तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ। उक्त मार्गअन्तर्गत व्यासनगरपालिका–१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो। विसं २०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ। नगरपालिकाको रु ११ लाख र जनसहभागिता लागत रु पाँच Read More…

शिक्षा स्थानिय खबर

गाउँपालिकाले लागू गर्यो भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन सुरु गराएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन सुरु गराएको हो। गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता Read More…

स्थानिय खबर

कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भन्दै पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए। कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उनले बताए। नगरपालिकाले कोरोना रोकथाम Read More…

स्थानिय खबर

तालाबन्दीले नगरपालिकाको काम ठप्प

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ। शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्। शिक्षा ऐनमा भएको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान खारेज गर्न माग Read More…

स्थानिय खबर

कोरोनाको ‘हटस्पट’ बन्यो टोखा नगरपालिका, ८०० बढी संक्रमित, ३ को मृत्यु

काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमित संख्या ८२५ पुगेको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल संख्या ८२५ पुगेको हो। वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन्। वडा नं २ मा ५१, वडा नं ४ Read More…