शिक्षा स्थानिय खबर

बडीमालिकाका सबै विद्यालयमा पढाइ सुरु

मार्तडी । बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ सुरु भएको छ । कोभिड–१९ संक्रमणका कारण विगत ८ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा अध्ययन अध्यापन सुरु गर्ने निर्णय गरेसँगै Read More…

स्थानिय खबर स्वास्थ्य

जाजरकोट अस्पतालको एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत भएन, डोकोमा बिरामी बोक्न बाध्य

जाजरकोट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलंगामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम Read More…

अर्थ स्थानिय खबर

पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’

वनेपा । जिल्लाको महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले पनि ऐतिहासिक धार्मिक नारायणको मन्दिर । यी दुवै कारणले बेथानचोक नारायणस्थान डाँडा निकै चर्चामा छ । भूगोलको हिसाबले निकै अग्लो रहेको सो ठाउँमा अचेल आन्तरिक पर्यटकको घुइँचो Read More…

स्थानिय खबर

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्र

पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि सुरु भएको थियो । पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले निर्माणलाई तीव्रता दिएको छ । गएको भदौ महिनामा निर्माणकार्यको म्याद सकिएको भए पनि निर्माण व्यवसायीहरुलाई कोभिडका कारण थप छ Read More…

अर्थ स्थानिय खबर

गाउँपालिकाले जोतिदिएको खेतमा धान पहेँलै झुल्यो

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ । गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको तथ्याङ्क संकलन गरी किसान र भूमिबीचको समन्वय गरेको थियो । स्थानीय किसानको १२ वर्षदेखि बाँझो खेतमा अहिले धान झुलेको छ । एकातर्फ काम गर्नेहरुको Read More…

स्थानिय खबर

तारमा अल्झिएको अवस्थामा सप्तरीमा हात्ती मृत फेला

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्वपिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो । ‘नजिकै रहेको Read More…

अर्थ स्थानिय खबर

जाजरकोटमा दर्जन पुल निर्माणसँगै भत्किएका सडक मर्मत सुरु

जाजरकोट । भेरी करिडोरअन्तर्गत छेडा–खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माण भएको सडक डिभिजन सुर्खेतका प्रमुख विजयकुमार थापाले जानकारी दिए । पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा भत्किएका सडक मर्मतका लागि बोलपत्र आह्वान गरिएको सडक डिभिजन कार्यालय Read More…

स्थानिय खबर

नारायणहिटी सङ्ग्रहालयको श्रीसदन सर्वसाधारणका लागि खुला

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको Read More…

स्थानिय खबर स्वास्थ्य

काठमाडौं महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ । सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरि सूचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् ।  शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको Read More…

स्थानिय खबर

कोरोनाका कारण बन्द झुलाघाट नाका पाँच दिन खोलिने

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । यही मंसिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, ‘नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि Read More…